काठमाडौँ— रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित नापी कार्यालयको साइनबोर्ड ह्याक भएको छ ।
कार्यालयको डिजिटल बोर्ड ह्याक गरेर आई लभ यु प्रमिला, आई रीअल्ली लभ यू लेखिएको छ ।नगरपालिकाका मेयर रबि केसीले डिजिटल बोर्डबाट ह्याकरले नापी कार्यालयको नाम हटाएर अर्कै डिस्प्ले गरेको जानकारी दिएका छन् ।
कार्यालयका प्रमुख मन आग्रीले आफू बाहिर रहेको तर आफूलाई बोर्डको नाम परिवर्तन भएको बारे जानकारी पाएको बताए ।
नगरपालिकाका सूचना अधिकारी इन्द्रबहादुर बिष्टले यसबारेमा अनुसन्धान गर्ने काम भइरहेको बताए । जिल्ला प्रशासन कार्यालय र अनुसन्धान गर्ने निकायलाई जानकारी गराइएको उनले बताए ।
