काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राजासँग भेटवार्ता गरेका छन् । बुधबार बेलुका थाइल्याण्डका राजा महा बजिरालोङ्कोर्नसँग भेटवार्ता गरेका हुन् ।
थाइल्याण्डसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षमा प्रधानमन्त्री ओलीले ५० जनाको टोलीसहित पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण गरेका हुन् ।
उक्त भ्रमणमा राजारानीसँग पनि भेटवार्ता गरेका हुन् । थाइल्याण्डको एक दिने औपचारिक भ्रमणका क्रममा उनले आज नेपाली समयअनुसार बेलुकी पौने ६ बजे बैंककस्थित राजप्रासादमा औपचारिक भेटवार्ता गरेका हुन् ।
सो भेटवार्तापछि अहिले दरबारमा राजदम्पतिसँग अनौपचारिक कुराकानी भइरहेको बुझिएको छ । भोलिदेखि हुने बिम्स्टेकको शिखर सम्मेलनमा भाग लिन हिजो त्यहाँ पुगेका प्रधानमन्त्रीले आज थाइल्याण्डको औपचारिक भ्रमण गरेका हुन्।
