• Tuesday 6th of October 2026

भुकम्प प्रभावितलाई सहयोग सामाग्री लिएर बझाङ पुगे रवि लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौं, १८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बझाङमा गएको भुकम्पको क्षति र गरिनुपर्ने कामबारे प्रशासन र सुरक्षा निकायसँग छलफल गरेका छन् ।

सो क्रममा आफूहरुले लगेको टेन्टलगायतका सामाग्री प्रमुख जिल्ला अधिकारीलाई बुझाएको पनि जनाएका छन् ।उनकाअनुसार भुकम्प प्रभावित बझाङका कैयौं परिवार अस्थायी आवासमा छन् । उनी आज दिनभरि पनि प्रभावित ठाउँमा पुग्ने भएका छन् ।

भुकम्पको क्षति र हामीले गर्नु पर्ने कर्तव्य बारे प्रशासन र सुरक्षा निकायसँग छलफल भयो। हामीले ल्याएका टेन्ट लगायतका सामग्री प्रजीअ ज्यु लाई बुझायौं। भूकम्प प्रभावित बझाङका कैयाैं परिवार अस्थायी आवासमा छन्। तिनकाे उचित व्यवस्थापनमा स्थानीय सरकार र प्रशासनले सक्दाे प्रयास गरेका छन्। तर, त्याे मात्र प्रयाप्त नहुन सक्छ। त्यसैले, सहृदयी महानुभावहरुले जिल्ला प्रशासन कार्यालय, बझाङसँग समन्वय गरेर मात्रै सहयाेग गर्न हुन आव्हान गर्दछु। आज दिनभर प्रभावित ठाउहरुमा पुग्नेछु। यस्तो दुखमा पनि हासेर स्वागत गर्नु हुने बझाङवासीहरु भगवान जस्ता रहेछन् । तपाईको दुख केन्द्र सम्म लैजाने इमानदार कोशिस गरिरहनेछु।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖