• Thursday 29th of October 2026

बर्खास्तगीमा परेका राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ वैशाख । पूर्व उपप्रधानमन्त्री डा.भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका तत्काली उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङमाथि लागेको २० करोड प्रकरणको आरोपमाथि छानविन गर्न माग गरेका छन् ।

तामाङमाथि प्रधानमन्त्री ओलीनिकट मानिने महेश बस्नेतले सार्वजनिक रुपमै आरोप लगाएकाले छानविन आवश्यक रहेको उनले बताएका छन् । रावलले बस्नेतमाथि बर्खास्तगीमा परेका तामाङले लगाएको आरोप पनि छानविन हुन आवश्यक रहेको बताएका छन् ।

‘प्र.म.ओलीनिकट एमाले पोलिटव्युरो सदस्य महेश बस्नेतले गभर्नर नियुक्तिका लागि हालै पदमुक्त राज्यमन्त्री पूर्ण बहादुर तामाङले २० करोडको खेल गरेको सार्वजनिक रूपमाआरोप लगाएका छन् भने पदमुक्त राज्यमन्त्रीले बस्नेतमाथि गम्भीर प्रश्न उठाएका छन्। यस्तो गम्भीर कुराको छानबीन हुनुपर्दैन र ? कि गठबन्धन सरकारको सुशासन भनेकै यस्तै खेलको झेल हो ?’ प्रश्न गर्दै उनले भनेका छन् ।

प्रधानमन्त्री ओलीनिकट मानिने नेता बस्नेतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने विषयलाई लिएर तत्कालीन उर्जा राज्यमन्त्री तामाङले आफ्नै पार्टीका नेतासँग २० करोडको डील गरेको आरोप लगाएका थिए । आफूमाथिको आरोपमा जवाफ फर्काएका नेता तामाङले बस्नेतलाई बलात्कारीको संज्ञा दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖