• Thursday 29th of October 2026

वार्ताका लागि शिक्षकहरूको पर्खाइमा शिक्षामन्त्री


  • धनकुटा खबर
  • .

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र आन्दोलनरत शिक्षकहरूबिच अझै वार्ता सुरू हुन सकेको छैन । शिक्षकहरू आन्तरिक छलफलमा व्यस्त भएपछि वार्ता सुरू हुन ढिलाइ भएको हो।

मन्त्री पन्त सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षकहरूलाई पर्खाइमा छन् । नेपाल शिक्षक महासंघले वार्तामा कसरी प्रस्तुत हुने लगायत आन्दोलनको समीक्षा गरिरहँदा मन्त्रीसँगको छलफलमा ढिलाई भएको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए।

यसअघि सोमबार समेत मध्यरातसम्म वार्ता भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖