• Thursday 29th of October 2026

‘पेस्तोल डान्स’ को भिडिओ भाइरल भएपछि जसपा नेतृले भनिन् : खेलौना बन्दुक हो


  • धनकुटा खबर
  • .

काठमाडौं । पेस्तोल डान्सको भिडिओ भाइरल भएपछि जसपा नेतृ डा. बबी सिंह यादवले खेलौना बन्दुक भएको स्पष्टीकरण दिएकी छन् ।

एक विवाह समारोहमा आफूले रेन्जर टोई नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित बनाइएको उनको भनाई छ ।

उनले भनेकी छन्, ‘केहि समय यता सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियो प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । एक वैवाहिक समारोहकाबीच मैले रेन्जर टोइ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनहुन यहाँ सम्पूर्णमा अनुरोध एवं आग्रह गर्दछु ।’

साथै उनले सो भिडियो नितान्त मनोरञ्जनात्मक मात्रै भएको बताएकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖