• Thursday 29th of October 2026

प्रचण्ड-माधवलगायतलाई बन्चरे डाँडाको फोहोरसँग तुलना गर्दै एमाले नेता शाहीले भने, ‘भान्सामा लान सकिँदैन, मोहर बनाउन चाहीँ सकिन्छ’


  • धनकुटा खबर
  • .

काठमाडौं, १९ वैशाख । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले माधव नेपाल, वामदेव गौतम, पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुले केपी ओलीलाई छुरा धस्नु गलत थियो भनेर रियालाइज गरेको खण्डमा वामपन्थी एकता हुनसक्ने बताएका छन् ।

हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रियालाइज गरेको खण्डमा नेतृत्व नै स्वीकार गर्न नसकिए पनि पार्टीमा ठाउँ दिन सकिने धारणा राखे ।

उनले प्रचण्ड, वामदेव, माधव नेपाललगायतका नेताहरुलाई बन्चरे डाँडाको फोहोरसँग तु्लना गरे । त्यस्तो फोहोरलाई भान्सामा लान नसकिए पनि त्यसबाट मोहर (पैसा) आर्जन गर्न भने सकिने उनको भनाइ थियो । एमालेले कुनै पनि पार्टीसँग पानी बाराबारको सम्बन्ध नबनाउने उनले बताए

‘उहाँहरुले हामीले ओलीलाई छुरा धस्नु गलत थियो भनेर माधव, प्रचण्ड, वामदेवले रियालाइज गर्छन् भने बन्चरे डाँडाको फोहोर भान्सामा नल्याएपनि कहिलेकाहीँ फोहारलाई मोहोर बनाउन सकिन्छ । जिउँदो मान्छे र काँचो अन्न आज नभए भोलि चाहिन्छ । एमाले भनेको पानी बाराबार गर्दैन । तर, बन्चरे डाँडाको फोहोर भान्सामा चाहीँ लिइन्न । तर, गड्यौंला खेती गरेर फोहोरलाई मोहर बनाउन सकिन्छ,’– उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖