• Thursday 29th of October 2026

कुलमानलाई जहाँ पनि पछ्याउने युट्यूवर हितेन्द्रको भिडिओ खिच्न नआएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आज संस्थाको यथार्थ अवस्था देखाउन श्वेत पत्र जारी गरे । यसका लागि उनले प्राधिकरण कार्यालयकै हलमा पत्रकार सम्मेलन राखेका थिए ।

आजको पत्रकार सम्मेलनको दृष्य यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको पालाको भन्दा नितान्त फरक थियो । घिसिङले पत्रकार सम्मेलन गर्दा यही हलमा मिडियाकर्मी खचाखच हुन्थे र खुट्टा टेक्ने ठाउँ हुँदैनथ्यो । युट्यूवरहरु भ्यूजको लोभमा झुत्ति खेल्दै कुलमानको भिडिओ खिच्न पुग्थे ।

आज हितेन्द्रले बोलाएको पत्रकार सम्मेलन जति महत्वपूर्ण भए पनि युट्यूवरको आकर्षण देखिएन । हल पनि पहिलेझैं भरिभराउ थिएन । मिडियाका क्यामरा ५–६ वटा मात्रै थिए । प्राधिकरणकै कर्मचारीहरुले कुर्सी भरेका थिए, यद्यपि, केही कुर्सीहरु खाली नै देखिन्थे ।

प्राधिकरणको प्रेस मिटमा नियमित जाने गरेका एक सञ्चारकर्मीले आश्चर्य व्यक्त गरे ।

उनले भने, ‘पहिलेजस्तै युट्यूवरहरुको भीड लाग्ला एक घन्टा अगाडि नै आएको तर, आज त सुनसान पो रहेछ । युट्युटवरहरुलाई न्यूज होइन, फेस चाहिने रहेछ ।’

श्वेतपत्र जारी गर्दै शाक्यले आज प्राधिकरण अबौं घाटामा रहेको देखाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖