• Thursday 29th of October 2026

भारतमा नेपाली चेली प्रिशाको मृत्यु थप रहस्यमय बन्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ – भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली छात्रा प्रिशा साहको निधनप्रति शोक व्यक्त गरेको छ । केआईआईटीले एक नोट सार्वजनिक गर्दै बिहीबार बेलुकी कजेलको होस्टलमा मृत भेटिएकी साहको निधनप्रति शोक व्यक्त गरेको हो ।

आज विश्वविद्यालयका वरिष्ठ पदाधिकारीहरू एकै ठाउँमा भेला भई उनको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै परिवार, साथीभाइ र सम्पूर्ण विद्यार्थी समुदायसँग ऐक्यबद्धता प्रकट गरेको जनाइएको छ । साहको असमायिक मृत्युले सम्पूर्ण केआईआईटी परिवार स्तब्ध र शोकाकुल भएको बताएको छ ।

तर, केआईआईटी प्रशासन साहको मृत्युको कारणबारे मौन रहेको छ । कलेजले अहिलेसम्म उनको मृत्युबारे बोलेको छैन । वीरगन्ज घर भएकी १८ वर्षीया प्रिशा साह हिजो साँझ कलेजको होस्टलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

कलेज प्रशासन घटनालाई लुकाउन खोजिरहेको छ । त्यसका लागि प्रशासनका कर्मचारी भारतस्थित नेपाली दूतावास पुगेर नेपाल कर्मचारीलाई फकाउन थालेका छन् । उनीहरुले घटनालाई थप छानविन गर्न नदिएर विषयलाई टालटुल पार्न खोजिरहेका छन् ।

यसअघि नेपाली छात्रा प्रकृति लम्सालले पनि त्यही कलेजमा आत्महत्या गरेकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖