• Thursday 29th of October 2026

ओलीजीको कारण गभर्नर नियुक्ति ढिला भएको होइन :देउवा


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ नभएको बताएका छन् ।

आज पार्टीको आर्थिक नीति तथा योजना विभागले पार्टी कार्यालय सानेपामा गरेको ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नु पर्ने नीति’ विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै उनले राष्ट्र बैङ्कभित्रकै आन्तरिक समस्याले गभर्नर नियुक्तिमा ढिलाइ भएको बताएका हुन् । ‘ओलीजीका कारणले गभर्नर नियुक्त हुन ढिलो भएको होइन,’– उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले गभर्नर नियुक्तिको विषयमा कांग्रेस–एमालेबीच मतैक्यता नरहेको र अहिले सत्ता गठबन्धनमा पनि कुनै समस्या नरहेको बताए । नेपाल राष्ट्र बैंक गत चैत २४ गतेदेखि गभर्नरविहीन छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖