काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले लिएको बिरामी बिदाको अवधिमा ‘सार्वजनिक बिदा’ परे बिरामी बिदामा गणना हुने जनाएको छ।
राष्ट्रिय किताबखाना (शिक्षक)ले सोधेको प्रश्नमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस सम्बन्धमा स्पष्ट निर्देशन जारी गरेको हो।
मन्त्रालयले सचिवस्तरमा भएको निर्णय अनुसार बिरामी बिदा लिएको अवधिमा यदि कुनै सार्वजनिक बिदा परेको खण्डमा ती सार्वजनिक बिदा दिनहरू पनि बिरामी बिदामै समावेश प्रस्ट पारेको हो।
