• Wednesday 28th of October 2026

प्रधानमन्त्री सहभागी बुद्ध जयन्ती मूल समारोहमा धेरै कुर्सी खाली


  • धनकुटा खबर
  • .

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा दर्शकको उपस्थिति अत्यन्त न्यून देखिएको छ ।

५ हजार व्यक्ति अट्ने क्षमता भएको अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा न्यून उपस्थितिका कारण कुर्सी खाली देखिए । आयोजकमध्येका एक व्यक्तिले भने, ‘थोरै उपस्थितिले प्रधानमन्त्री सहभागी कार्यक्रम एकदमै खल्लो भयो ।’

हलको अघिल्लो लहरमा केही व्यक्तिहरु सहभागी भए पनि पछाडितिर कुर्सीहरु खाली थिए । कार्यक्रममा सहभागीहरु पनि धैर्यपूर्वक बस्न सकेनन् । प्रहरीहरु पनि फुर्सदिला देखिन्थे ।

प्रधानमन्त्री ओलीले छोटो समय मात्र मन्तव्य थिए । समारोहमा प्रधानमन्त्री ओलीसँगै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, संघीय र प्रदेश सांसदहरू, विभिन्न देशका राजदूत, भिक्षु, भिक्षुणी, उपासक, सर्वसाधारण लगायतको उपस्थिति छ ।

बुद्ध जयन्तीअन्तर्गत आइतबारदेखि नै लुम्बिनीमा विभिन्न कार्यक्रम सुरू भएका थिए । आज सोमबार मूल समारोहसँगै कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्राममा भोलि मंगलबारसम्म विभिन्न कार्यक्रम गरिँदै छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖