• Wednesday 28th of October 2026

अमेरिकाबाट थप ७ नेपाली निष्कासित, काठमाडौं फर्काइयो


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिका सरकारले गैरकानुनी रूपमा बसोबास गर्दै आएका थप ७ नेपाली नागरिकलाई निष्कासन गरेको छ। अमेरिकी अध्यागमन निकायले अवैधानिक हैसियतमा रहेका उनीहरूलाई पक्राउ गरी नेपाल फिर्ता पठाएको हो।

निष्कासनमा पर्ने नेपाली नागरिकहरूमा डाँगी, ओली, रोका मगर, खत्री, गौतम, तिवारी र केसी थरका एक–एक जना रहेका छन्। उनीहरूलाई गत साता एयर इन्डियाको विमानमार्फत काठमाडौं फर्काइएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार, उनीहरूमध्ये केहीले अमेरिका प्रवेश गरेपछि पासपोर्ट फ्याँकेर लुकिछिपी बसोबास गर्दै आएका थिए। अध्यागमन प्रक्रियाअनुसार उनीहरूलाई नेपाली दूतावासमार्फत ट्राभल डकुमेन्ट तयार गरी फिर्ता पठाइएको हो।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीति लागू भएयता नेपाली नागरिकहरूको निष्कासन बढ्दै गएको छ। अध्यागमनसम्बन्धी स्रोतका अनुसार, निष्कासनमा परेका नेपालीहरू लगातार हरेक साता काठमाडौं अवतरण गरिरहेका छन्।

सरकारले विदेशमा रहेका नेपाली आप्रवासीहरूको संरक्षण र कानुनी हैसियत सुनिश्चित गर्न विशेष पहल आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖