• Wednesday 28th of October 2026

गभर्नर सिफारिस समिति विघटन, पौडेलको ठाउँमा पाण्डे नियुक्त


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि बनेको समिति विघटन भएको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा समिति विघटन भएको हो ।

यसअघि अर्थमन्त्री पौडेलको नेतृत्वमा बनेको समितिमा निर्वतमान गभर्नर महाप्रसाद अधिकारी र डा. विश्व पौडेल सदस्य थिए ।

पौडेलले समितिको सदस्यबाट राजीनामा दिइसकेका छन् । उनको ठाउँमा अर्थविद् डा. पोषराज पाण्डेलाई नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖