काठमाडाैँ। पूर्वी तथा मध्य नेपालका क्षेत्रमा एकैपटक विद्युत् प्रसारण अवरुद्ध भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतबाट विद्युत् आयात गर्ने ढल्केवर–मुजफ्फपुर प्रसारण लाइनमा समस्या आउँदा पूर्वी तथा मध्य क्षेत्रको विद्युत् प्रणाली अवरुद्ध भएको हो ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता भाइराजा शिल्पकारका अनुसार प्रसारण लाइनको भारतपट्टीको क्षेत्रमा समस्या आएर विद्युत् आपूर्ति हुन नसकेको हो ।
