• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्पले रियालिटी शोका विजेतालाई अमेरिकी नागरिकता दिने


  • धनकुटा खबर
  • .

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब रियालिटि सोका विजेतालाई अमेरिकी नागरिकता दिने भएका छन्।

अमेरिकी नागरिकता अब कानुनी प्रक्रिया र सीपका कागजातमार्फत मात्र नभइ रियालिटी टिभी कार्यक्रमहरू मार्फत पनि प्राप्त गर्न सकिने जनाइएको छ।

अमेरिकी गृह मन्त्रालयले यसका लागि ‘द अमेरिकन शो’ प्रोजेक्ट बनाएको छ। यस टिभी कार्यक्रममा विभिन्न देशका आप्रवासीहरूले अमेरिकी परम्परा, रीतिरिवाज र देशभक्तिसँग सम्बन्धित कार्यहरूमा भाग लिनेछन्।

विजेतालाई अमेरिकी नागरिकता प्रदान गरिनेछ। यो रियालिटी शो नेटफ्लिक्समा प्रत्यक्ष प्रसारण पनि हुनेछ। ‘द अमेरिकन शो’ परियोजनाको पहिलो एपिसोडमा १२ जना प्रतियोगीहरू हुनेछन्।

कार्यक्रममा कति एपिसोडहरू छन् भन्ने कुरा भने अझै स्पष्ट भएको छैन। आगामी एपिसोडहरूमा भाग लिने प्रतियोगीहरूको कुल संख्याको बारेमा कुनै जानकारी छैन। आप्रवासीहरूलाई पहिले द सिटिजन जहाजमा चढाइनेछ र न्यूयोर्कको एलिस टापुमा लगिनेछ। त्यहाँ विश्व प्रसिद्ध स्ट्याचु अफ लिबर्टी रहेको छ।

उनीहरूलाई यहाँको भव्य हवेलीमा राखिनेछ। यहाँ आन्तरिक गतिविधिहरू हुनेछन्। सिजनको प्रत्येक एपिसोडलाई चार खण्डमा विभाजन गरिनेछ: हेरिटेज च्यालेन्ज, एलिमिनेशन च्यालेन्ज, टाउन हल मिटिङ र फाइनल भोटिङ। यी कामहरू निकै चुनौतीपूर्ण हुनेछन्।

प्रथम तीन विजेताहरूलाई पुरस्कार पनि प्रदान गरिनेछ। विजेताले १० लाख अमेरिकन एयरलाइन्स पोइन्ट, १० लाख रुपैयाँ बराबरको स्टार बक्स गिफ्ट कार्ड र अमेरिकाका ७६ पेट्रोल पम्पहरूबाट जीवनभर निःशुल्क इन्धन भर्ने सुविधा पाउनेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖