• Wednesday 28th of October 2026

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिट प्रधानन्यायाधीशसहितका पूर्ण इजलासमा


  • धनकुटा खबर
  • .

काठमाडौं, ५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै उनकी श्रीमती निकिता पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा पेशी तोकिएको छ ।

लामिछानेको उक्त बन्दीप्रत्यक्षीकरण रिट पाँचौं पटक हेर्न नमिल्नेमा परिसकेको थियो । आज सो रिट प्रधानन्यायाधीश राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइको लागि तोकिएको हो ।

लामिछाने अहिले सहकारी ठगी प्रकरणमा जिल्ला कारागार कार्यालय रुपन्देहीमा थुनामा छन् । जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालतले जिल्ला अदालतको आदेश उल्ट्याउँदै उनलाई थुनामा पठाएको थियो । लामिछानेलाई काठमाडौंबाट नियन्त्रणमा लिँदा कानुनी प्रक्रिया पूरा नगरिएको रिट निवेदकको दाबी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖