काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट सोमबार पनि हेर्न नमिल्नेमा परेको छ।
यो मुद्दामा छैठौं पटक उस्तै परेको छ। यसअघि ५ पटकसम्म हेर्न नमिल्नेमा परेको मुद्दा सर्वोच्च अदालतमा सोमबार भने हेर्न मिल्नेमा परेको थियो।
तर, सुनुवाई गर्ने न्यायाधीश नै रवि लामिछानेका आफन्त परेपछि यो हेर्न नमिल्नेमा परेको हो।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीस नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको सो रिट ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हो।
यसअघि सदन बैठकमा रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले न्यायालयबाट न्याय पाउने आश मरिरहेको संकेत गरेका थिए। उनको शंकालाई रविको मुद्दा हेर्न नमिल्नेमा राखेपछि सुविधा मिलेको छ।
