• Wednesday 28th of October 2026

ओली–देउवा भेट्दै, मन्त्रिपरिषद् बैठक स्थगित


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ ।

उनीहरूबीच केहीबेरमा भेटवार्ता तय भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

उनीहरूबीच विशेषगरी नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति जुटाउनेगरी छलफल हुन लागेको बताइएको छ ।

यससँगै, नियमित रुपमा सोमबार बस्दै आएको मन्त्रिपरिषद् बैठक पनि आज नहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार, आज मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖