काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपि शर्मा ओलीसँग रिसाएका छन् । सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित गरेपछि देउवा झनक्क रिसाएका हुन् ।
मन्त्रिपरिषद् बैठक स्थगित गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्षसमेत रहेको ओलीबिच भेटवार्ता हुने तयारी थियो ।तर मन्त्रिपरिषद् बैठक स्थगित गरिएपनि देउवा बालुवाटार नआएको बालुवाटार स्रोतले बतायो ।
शीर्ष दुई दलका नेताबिच गभर्नर नियुक्तिको विषयलाई लिएर रस्साकस्सी चलिरहेको छ । कांग्रेस र एमालेबिच गभर्नरमा कांग्रेस निकट डा।विश्व पौडेललाई नियुक्त गर्ने सहमति भएको स्रोत बताउँछ । तर, हालसम्म सिफारिस समितिको बैठक समेत बस्न सकेको छैन ।
समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ भने सोही आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई गभर्नर बनाउने निर्णय गर्नुपर्ने व्यवस्था छ ।
