• Wednesday 28th of October 2026

गभर्नर नियुक्ति गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।

मङ्गलबार दिउँसो नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको थियो ।

भेटवार्तापछि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति बैठक बसेको थियो । बैठकले प्रा.डा. विश्व पौडेललाई पहिलो नम्बरमा राख्दै निलम ढुङ्गाना तिम्सिना र दिनेश भट्टराईको नाम सरकारसमक्ष सिफारिस गरेको थियो ।

बालुवाटार उच्च स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले सिफारिस समितिको पहिलो नम्बरमा रहेका पौडेललाई नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖