• Wednesday 28th of October 2026

सगरमाथा आरोही शेर्पाको सईमा बढुवा


  • धनकुटा खबर
  • .

काठमाडौं- सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाको विशेष बढुवा भएको छ।

बुधबार प्रहरी महानिरीक्षक दीपक थापाको अध्यक्षतामा बसेको बैठकले शेर्पालाई प्रहरी नायव निरीक्षक (सई) मा बढुवा गर्ने निर्णय गरेको हो।

शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल भएको भन्दै उनको विशेष बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖