पूर्वराजा ज्ञानेन्द्र शाहले जेठ १५ देखि सुरु हुने भनिएको ‘अनिश्चितकालीन जनआन्दोलन’को पूर्वसन्ध्यामा प्रमुख राजावादी नेताहरूसँग रणनीतिक भेट गरेका छन्।
सोल्टी होटलमा आयोजित लन्च मिटिङमा पूर्वराजाको सहभागिता विशेष अर्थ राखिएको बताइएको छ। भेटमा ‘संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, तथा राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्ट सहभागी थिए।
पूर्वराजाको भेटघाट र आन्दोलनको पूर्वघोषणा बीचको सम्बन्धलाई गम्भीरतापूर्वक हेरिएको छ। आगामी जेठ १५ बाट सुरू हुने भनिएको जनआन्दोलनले के कस्तो राजनीतिक प्रभाव पार्ला भन्ने विषयमा चासो बढेको छ।
जेठ १५ बाट सुरू हुने भनिएको आन्दोलनका मुख्य एजेन्डा :
‘संयुक्त जनआन्दोलन समिति’ले आगामी आन्दोलनका लागि तीनवटा मुख्य माग अघि सारेको छ:
राजसंस्थाको पुनर्स्थापना
नेपाललाई पुनः हिन्दु राष्ट्रको रूपमा घोषणा
संघीय शासन प्रणालीको खारेजी
