• Wednesday 28th of October 2026

भूकम्पमा त्रिपालकाण्ड घटाएका तीर्थराज अहिले फेरी अर्कै काण्डमा पक्राउ


  • धनकुटा खबर
  • .

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसामा मानव तस्करी गर्ने गिरोहसँग साँठगाँठको आशंकामा पक्राउ परेका सहसचिव तीर्थराज भट्टराई तिनै हुन् जो भूकम्पपीडितका निम्ति राहत सामग्रीस्वरूप ठेकेदारसँग मिलेमतो गरी कम गुणस्तरका त्रिपाल महँगोमा किनेको पाइएको थियो।

त्यो बेला पनि चर्चामा आएका थिए । त्यो बेला अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७२ माघ १९ मा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो।

केहिदिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर प्रमुख तीर्थराज भट्टराईसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

प्रारम्भिक अनुसन्धानपछि भिजिट भिसाको दुरुपयोग संगठित रूपमा उच्च तहबाट सञ्चालित रहेको पत्ता लागेको अख्तियारको निष्कर्ष छ। यो गिरोहमा ट्राभल एजेन्सी, वैदेशिक रोजगार व्यवसायी, र सरकारी कर्मचारीहरूको मिलेमतो देखिएको छ।

अख्तियारले यसमा केही राजनीतिक नेताहरूको पनि संलग्नता हुनसक्ने आशंका व्यक्त गरेको छ। विस्तृत अनुसन्धान अघि बढाइएको छ, जसले भिजिट भिसाको आडमा भइरहेको वैदेशिक ठगी र संरक्षित भ्रष्टाचारको जटिल जालो खुल्ने संकेत दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖