• Wednesday 28th of October 2026

प्रतिस्पर्धी पार्टीबीच सरकार बन्दा समस्या उत्पन्न हुन्छन् : गृहमन्त्री


  • धनकुटा खबर
  • .

काठमाडौं । गृहमन्त्री रमेश लेखकले दुई प्रतिस्पर्धी पार्टीका बीचमा सरकार गठन हुँदा समस्या र जटिलता हुने टिप्पणी गरेका छन् ।

शनिवार जनकपुरमा पार्टीको मधेश प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

साथै, उनले यो विषयलाई गम्भीरतापूर्वक लिन नेता कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।

‘दुई वटा पार्टी र दुई वटामा पनि प्रतिष्पर्धी पार्टीका बीचमा सरकार संयुक्त रुपमा सञ्चालन गर्नेकुरामा केही समस्या, जटिलताहरू उत्पन्न हुन्छन्,’ गृहमन्त्री लेखकले भने, ‘त्यसलाई तपाईंहरूले गम्भीरतापूर्वक हेर्नुहोला । त्यसैले हामीले संघमा र प्रदेशमा पनि जिल्लासम्म संयन्त्र बनाएका छौँ । दुई वटै पार्टीका संयुक्त संयन्त्र बनाएका छौँ ।’

उनले मधेश प्रदेशमा पनि दुई पार्टीबीच आलोपालो सरकार बनाउने समझदारी भएको भन्दै उक्त विषयमा केन्द्रमा पनि गम्भीरतापूर्वक लिइएको बताए ।

कांग्रेसका नेता, कार्यकर्ताहरूले लामो समयसम्म पनि कांग्रेसको सरकार नबनेको भन्ने गुनासो गरेको भन्दै गृहमन्त्री लेखकले यो सही कुरा भएको बताए ।

‘मधेश प्रदेशको सरकार पनि हामीले पालो पालो गर्ने भनेर समझदारी गरेका छौँ । मधेस प्रदेशको सरकार पनि पालो पालो परिवर्तन गर्ने कुरा छ, परिवर्तन हुन्छ,’ उनले भने, ‘लामो समयसम्म काँग्रेसको सरकार बनेन भन्नेकुरा छ । साथीहरूले सही कुरा भन्नुभएको छ । यो कुरालाई हामीले केन्द्रमा गम्भीरतापूर्वक लिएका छौँ ।’

गृहमन्त्री लेखकले उक्त विषयलाई सम्बोधन गर्नका लागि आफूहरू लागिपर्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖