• Wednesday 28th of October 2026

महरालाई पूर्पक्षको थुनासम्म पठाउने रोशनी मृत भेटिइन्, सुसाइड नोटमा के छ?


  • धनकुटा खबर
  • .

काठमाडौं– बाहलवाला सभामुख रहेका बेला बलात्कार प्रकरणमा पूर्पक्षका लागि थुनासम्म पठाउने तत्कालिन संसदकी कर्मचारी रोशनी शाही भक्तपुरमा मृत फेला परेको दाबी गरिएको छ।

आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने श्रीमान विराटनगरमा रहेकाले आउन लागेको बताइएको छ।

२०७६ असोजमा संसद सचिवालयमा कार्यरत रोशनीले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन्।

महराले मादक पदार्थ सेवन गरेर आफू बसोबास गरिरहेको कोठामा आएर जबरजस्ती गर्न खोजेको उनको आरोप थियो।

अन्ततः २०७६ फागुनमा जिल्ला अदालत काठमाडौंले कृष्णबहादुर महरालाई सफाइ दिँदै रिहा गरेको थियो।

त्यसबेला अनेक विषयमा बयानबाजी गर्ने शाही मृत फेला परेको दाबी गरिएको छ। एउटा सुसाइड नोट पनि भेटिएको छ। प्रहरीले अहिले अनुसन्धान जारी राखेका कारण सुसाइड नोटमा के लेखिएको छ भन्ने खुलाइसकेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖