काठमाडौ । भिजिट भिसा प्रकरण चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा एक्लाएक्लै छलफलमा जुटेका छन्।
गृहमन्त्री रमेश लेखकको नाम पनि विवादमा जोडिएपछि बालुवाटारमा दुई शीर्ष नेताबीच आकस्मिक वार्ता भएको हो। भिजिट भिसा सेटिङमा आफ्नै सचिवालयका सदस्य मुछिएपछि गृहमन्त्री लेखक दबाबमा छन्।
राजीनामाको माग चुलिँदै जाँदा उनले भने, “कर्मचारीको गल्तीमा म किन राजीनामा दिने?” भन्दै अडान दोहोर्याएका छन्।
