• Wednesday 28th of October 2026

गृहमन्त्री लेखकलाई फिर्ता बोलाउने कांग्रेसको तयारी, देउवाले डाके पदाधिकारी बैठक


  • धनकुटा खबर
  • .

काठमाडौं– नेपाली कांग्रेसले विवादमा तानिएका गृहमन्त्री रमेश लेखकलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसका निम्ति पदाधिकारी बैठक बोलाएका छन्।

उनले बैठकमा समसामयिक विषयसहित लेखकको भिजिट भिषा प्रकरणको विवादबारे चर्चा गर्नेछन्। लेखकलाई राजीनामा दिनका लागि चौतर्फी दबाक परेको तथा प्रधानमन्त्री कार्यालयसमेतमा उजुरी परेपछि सभापति देउवाले छलफल थाल्न लागेका हुन्।

यसअघि नेता शेखर कोइरालाले राजीनामा दिएर गृहमन्त्री लेखकले छानबिनमा सघाउनुपर्ने बताएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖