• Wednesday 28th of October 2026

सहकारी ठगी प्रकरणमा कारागार चलान भए ढोरपाटनका मेयर नेपाली


  • धनकुटा खबर
  • .

काठमाडौं, १२ जेठ । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन्।

पोखरामा रहेको इमेज सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

यसअघि जिल्ला कारागार बागलुङमा थुनामा रहेका नेपालीलाई आइतबार पोखरा झिकाएर बयान गराइएको थियो । बयान सकिएसँगै आज (सोमबार) इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

नेपालीले बागलुङ र पोखरामा रहेको इमेज सहकारीबाट दुई अर्बभन्दा बढी बचत रकम अपचलन गरेको आरोप छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖