• Wednesday 28th of October 2026

राजावादीले शान्तिबाटिकामै प्रदर्शन गर्ने, २ बजेपछिको समय छुट्याइयो


  • धनकुटा खबर
  • .

काठमाडौँ । राजावादी समूह ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले राजधानीको शान्तिबाटिका क्षेत्रमै प्रदर्शन गर्ने तय भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आवश्यक सहजीकरण गरिदिएसँगै बिहीबार दिउँसो २ बजेदेखि शान्तिबाटिका क्षेत्रमा राजावादी समूहले प्रदर्शन गर्ने तय भएको हो ।

राप्रपाका प्रवक्ता सगुन लावतीले साढे १ बजेसम्म राजधानीका विभिन्न स्थानबाट र्याली निकालिने र २ बजे शान्तिबाटिकामा भेला भएर शान्तिपूर्ण प्रदर्शन सुरु गरिने बताए ।

राजावादी समूहले वर्तमान व्यवस्थालाई चुनौती दिँदै बिहीबारदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ । सोही आन्दोलनका लागि यसअघि नै शान्तिबाटिकामा भेला भएर प्रदर्शन गर्ने राजावादी समूहले बताउँदै आएपनि एमालेको समेत सोही क्षेत्रमा प्रदर्शन हुने भएपनि अन्योलता हुँदै आएको थियो ।

तर, प्रशासनले एमालेले २ बजेसम्म प्रदर्शन गर्ने र त्यसपछि राजावादीलाई प्रदर्शनको समय उपलब्ध गराउने गरी समय उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका एक अधिकारीले जानकारी दिए । एमालेले भृकुटीमण्डप क्षेत्रमा गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖