• Wednesday 28th of October 2026

भाकपा (माओवादी) का महासचिव मारिएको घटनामा विप्लवले भने – यो लुटेराहरूको क्षणिक आत्मरती मात्र हो


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव केशव राव ‘बसवराजु’ सहित २६ जना मारिएको घटनामा प्रतिक्रिया दिएको छ ।

महासचिव बसवराजुसहित २६ जनाको मृत्यु घटनाको नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भत्सर्ना गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बसवराजुलाई गरिएको कायरतापूर्ण हत्याको घोर भर्त्सना गरेको हो ।

विज्ञप्तिमा भनिएको छ,’राजनीतिक नेतृत्वको यस्तो अमानवीय, अराजनीतिक, अनैतिक हत्याको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीका लागि पहल गर्न अन्तर्राष्ट्रिय समुदाय, मानवधिकारवादी संघ(संस्थाहरुलाई ध्यानकर्षण गराउँदछौँ ।’

सत्ताको बलले जति नै हत्या, नरसंहार मच्चाए पनि लुटेराहरुको क्षणिक आत्मरती मात्र भएको र सत्य एवं न्यायको लडाईं विजयी भइ छोड्ने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

भारतको छत्तिसगढ राज्यमा छत्तिसगढ र तेलंगाना राज्यको सिमाना नारायणपुरमा २१ मे २०२५ मा भएको कारबाहीमा नम्बला केशव राव ‘वसवराज’ सहित २७ जना माओवादी नेता कार्यकर्ता मारिएका थिए

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖