• Wednesday 28th of October 2026

म अन्यायमा परेँ :गृहमन्त्री लेखक


  • धनकुटा खबर
  • .

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आफूमाथि अन्याय भएको दाबी गरेका छन् ।

आफू संलग्न नै नभएको विषयमा दोषी करार गरेको जसरी प्रश्न उठाइएको भन्दै अन्यायमा परेको बताए ।

बुधबार संघीय संसद भवनस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गरी गृहमन्त्री लेखकले आफूमाथि लागेको विषयमा खण्डन समेत गरेका छन् ।उनले आफूलाई दोषी करार गर्न खोजेर अन्याय गरिएको भन्दै सत्यतथ्य लेखेर आफूलाई न्याय गर्न समेत आग्रह गरे ।

‘तपाईँहरुले मेराप्रति न्याय गरिदिनुहुन्छ भन्ने आशा गरेको छु । अन्याय त कसैले पनि बेहोर्न भए नि । त्यसकारण मैले तपाईँहरुबाट मैले न्यायको पनि अपेक्षा गरेको छु । यसरी कुनै पनि मानिस अन्यायमा पर्नु हुँदैन । गर्दै नगरेको कुरालाई जबरजस्ती यो काम तैले नै गरेको होस् भन्ने कुराले हामीलाई ठिक ठाउँमा पुर्याउँदैन,’ गृहमन्त्री लेखकले भने ।

त्यसो त अख्तियारले कुनै राष्ट्र सेवक कर्मचारीलाई अनुसन्धान गर्दा त्यसको जिम्मेवारी विभागीय मन्त्रीले लिनु नपर्ने समेत जिकिर गरे । साथै भिजिट भिसा प्रकरणमा जोडिएकाहरु जो जो भए पनि निष्पक्ष रुपमा छानबिन गर्नुपर्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖