• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

इजरायलद्वारा ६० लडाकु विमानबाट इरानमाथि आक्रमण


  • धनकुटा खबर
  • .

इजरायली सेनाले इरानको परमाणु र सैन्य अड्डाहरूलाई निशाना बनाएर ठूलो आक्रमण गरेको छ। इजरायली सैन्य प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले ६० वटा लडाकु विमानले मध्य इरानका ब्यालिस्टिक मिसाइल प्रक्षेपण केन्द्रहरूमा आक्रमण गरेको बताए।

नतान्ज र फोर्डो जस्ता परमाणु केन्द्रहरूमा ठूलो क्षति पुगेको स्याटेलाइट तस्वीरहरूले देखाएको दाबी गरिएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको शासनलाई ‘आधुनिक हिटलर’ को संज्ञा दिँदै यो युद्धले इरानमा विद्रोह निम्त्याउन सक्ने र अब्राहम सम्झौतालाई बल पुग्ने बताएका छन्। उनले भने, ‘हामी नयाँ मध्यपूर्व बनाउँदैछौं, जहाँ अरब संसार हाम्रो लागि खुल्नेछ।’

इजरायलले आफ्नो रक्षा प्रणाली र साइबर युद्ध क्षमता (स्टक्सनेट) को उपयोग गर्दै इरानको परमाणु कार्यक्रमलाई कमजोर बनाउने प्रयास गरिरहेको छ। जवाफमा इरानले पनि इजरायलमाथि निरन्तर मिसाइल आक्रमण गरिरहेको छ। विगत पाँच दिनदेखि जारी द्वन्द्वमा दुवै पक्षमा ठूलो क्षति भएको छ। हालसम्म इरानमा दुई सय २४ जनाको मृत्यु भएको छ भने एक हजार चार सय ८१ जना घाइते भएको बताइएको छ। इजरायलमा २४ जनाको मृत्यु भएको छ भने छ सय बढी घाइते भएका छन्।

सुरक्षा चिन्ताका कारण जेरुसेलमस्थित अमेरिकी दूतावास शुक्रबारसम्म बन्द रहने अमेरिकी विदेश विभागले जनाएको छ। इरानसँगको द्वन्द्वबिच इजरायली प्रधानमन्त्री नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुराकानी गरेका छन्। ट्रम्पले हालै ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा टोलीसँग बैठक गरेका छन्। एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖