काठमाडौं । इजरायल र इरान युद्धमा अमेरिकी उपस्थितिका बारेमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई सातामा निर्णय गर्ने भएका छन् ।
अमेरिकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले विज्ञप्ति जारी गर्दै सो कुरा बताएकी हुन् । यस बीचमा ह्वाइट हाउसले वार्ता अघि बढाउने सम्भावना छ ।
यसैबीच अमेरिकी विदेशमन्त्री मार्क रुबियो र उनका बेलायती समकक्षी डेभिड लेमीको बीचमा इजरायलको विषयमा छलफल भएको छ ।
सो छलफलमा लामो समयका लागि आणविक विषयलाई कसरी समाधान गर्ने भन्ने विषयमा केन्द्रित थियो ।युद्ध सुरु भएको एक सातामा दुवै पक्षले धेरै क्षति सहेका छन् । पूर्ण ध्वस्त भने दुवै पक्ष भएका छैनन् ।
