• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

मिशनमा नर्वेकी युवतीलाई ताकेका सशस्त्रका एसएसपी यौनहिंसा गरेपछि संगठनको छानबिनमा


  • धनकुटा खबर
  • .

काठमाडौं– संयुक्त राष्ट्र संघको शान्ति मिशनमा रहेका बेला नर्वेकी एक जना युवतीलाई हिंसा गरेको भनी उजुरी परेपछि सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) रविन्द्रराज कर्णजीतमाथि छानबिन सुरु भएको छ।
नर्वेकी ति युवतीका संवेदनशील अंगमा छोएपछि राष्ट्र संघमा कर्णजित विरुद्ध उजुरी परेको थियो।

शान्ति स्थापनार्थ साउथ सुडानमा खटिएको नेपाल फम्र्ड पुलिस युनिट (एफपीय)मा कमान्डरका रूपमा खटिएका कर्णजितलाई संगठनले छानबिन सुरु गरेको हो।

यो विषष्यमा राष्ट्र संघले सशस्त्र प्रहरीलाई पत्रचार समेत गरेको छ। राष्ट्र संघको पत्र आएपछि सशस्त्र प्रहरीले शान्ति मिसनबाट फर्केर आएका १५ जनाभन्दा बढीसँग सोधपुछ गरिरहेको छ।

११ औँ डफ्फाको टोलीको नेतृत्व गरेर एक वर्षअघि सुडान पुगेका एफपीय कमान्डर कर्णजीतमाथि स्वदेश फर्किनुभन्दा केही दिनअघि यूएनमै कार्यरत एक नर्वेजियन महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोप लागेकाले राष्ट्र संघले सशस्त्र मुख्यालयलाई पत्रचार गरेको हो।

सशस्त्र प्रहरीका प्रवक्ता कालीदास धौबजीले एसएसपी कर्णजितलाई यौन दुव्र्यवहारको आरोप लागेको र यो विषयमा सशस्त्र प्रहरीको कानुन शाखाले अनुसन्धान गरिएको बताएका विषय सतहमा आएको छ।
एसएसपी कर्णजीतले त्यहाँको एक रेस्टुरेन्टमा नर्वेजियन महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो।

ती नर्वेजियन महिलाले यूएन हेडक्वाटरमा उजुरी दिएपछि मात्रै एसएसपी कर्णजीतको यौन दुव्र्यवहारबारे सशस्त्र प्रहरीले चासोका साथ अनुसन्धान सुरु गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖