• Wednesday 28th of October 2026

सांसद सोबितालाई सांसद सुनिताको चुनौती : “भाषा र परिभाषा सिकाउन तयार छौं”


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रधानमन्त्रीको स्पेन भ्रमणबारे टिप्पणी गरेकी रास्वपा सांसद सोबिता गौतमलाई एमाले सांसद सुनिता बरालले भाषा र परिभाषा सिकाउन तयार रहेको बताउँदै चुनौती दिएकी छन्।

प्रतिनिधिसभा बैठकमा बरालले संसद अफवाह फैलाउने थलो नभएको उल्लेख गर्दै, तथ्यमा आधारित कुरा गर्न आग्रह गरिन्। उनले प्रधानमन्त्री राष्ट्रको कार्यकारी प्रमुखको रूपमा भ्रमणमा गएको र आवश्यक परे भ्रमण टोलीको फेहरिस्त पुनः प्रस्तुत गर्ने चुनौती समेत दिइन्।

सोविताले आफूले बोलेको कुरा आफू जिम्मा लिने, एमालेले आफ्नो कुरा नबुझेको भनेपछि, सुनिताले जवाफ फर्काएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖