• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

३० हजार फिटमाथि उडिरहेको विमानमा एयरहोस्टेस मुटु चस्किएर ढलेपछि…


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । ३० हजार फिटमाथि उडिरहेको एउटा विमानमा एयरहोस्टेस नै मुटु चस्किएर ढलेपछि पाइलट इमर्जेन्सी ल्यान्डिङको तयारी गरिरहेका थिए । यसबिचमा विमानमै सवार एक यात्रीले ‘देवदूत’ बनेर एयरहोस्टेसको उपचार गर्नुका साथै विमानलाई इमर्जेन्सी ल्यान्डिङ गर्नुपर्ने अवस्थाबाट पनि मुक्त तुल्याएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो घटना बुधबारको हो । अस्ट्रेलियाबाट भारत आउँदै गरेको विमानमा यस्तो समस्या भएको बताइएको छ । भियनाबाट उडान भरेको विमान मध्य एसियातिर आइपुगेपछि २५ वर्षीय एयरहोस्टेसलाई अचानक श्वास लिन गाह्रो भयो । मुटु चस्किएर छट्पटाउन थालेपछि विमानको चालक दलले ‘मेडिकल इमर्जेन्सी’ घोषणा गरेका थिए ।

यत्तिकैमा सोही विमानमा यात्रारत चिकित्सक पुनीत रिझवानीले एयरहोस्टेसको उपचारका लागि तत्परता देखाए । उनले कुनै औषधि र उपकरणविना नै ‘क्यारोटिड साइनस मसाज’ मार्फत उपचार अघि बढाए । बिस्तारै एयरहोस्टेसको अवस्था सामान्य भएको बताइएको छ ।

डा. रिझवानीका अनुसार ती एयरहोस्टेसलाई ‘सुप्राभेन्ट्रिकुलर टेकीकार्डिया अट्याक’ भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖