• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

यसरी पक्राउ परे भारतमा चोरेर नेपाल फर्किएका २ जना , सामान किन्ने पनि फसे


  • धनकुटा खबर
  • .

कैलाली । भारतको बेंगलुरुस्थित एक घरबाट चोरी गरेर नेपाल फर्किएका नेपाली कामदारहरू पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले चोरीमा संलग्न दुईजनालाई पक्राउ गरी लाखौँ मूल्यका गरगहना र नगद रकम बरामद गरेको जनाएको छ।

भारतीय प्रहरीले बेंगलुरु, कर्नाटकस्थित एस. रमेश बाबुको घरबाट गत मे २८ मा सुन, चाँदी तथा नगद चोरी भएको घटना सम्बन्धमा अनुसन्धान गर्दै नेपाल प्रहरीसँग समन्वय गरेको थियो। जसअनुसार उक्त घटनामा संलग्न नेपाल कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका वडा नम्बर २ का उदय विष्ट र भैरे विष्ट पक्राउ परेका हुन्।

प्रहरी अनुसन्धानका क्रममा उनीहरूले चोरी गरेका गरगहना कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ निवासी पदम सुनारलाई बिक्री गरेको खुलेपछि उनलाई समेत पक्राउ गरिएको छ।

बिहीबार प्रहरीले दिएको जानकारी अनुसार उनीहरूको साथबाट सुनजस्तो देखिने चुरा ९ थान, सुनजस्तो देखिने पदार्थ ४६४ ग्राम, साना– ठुला टुक्रासहित सुनजस्तो देखिने २३ थान सामग्री, २१६ ग्राम सुन र ४०० ग्राम चाँदीका विविध गरगहनासहित नगद बरामद भएको छ ।

बरामद गरगहना तथा नगद रकम सम्बन्धित धनी एस। रमेश बाबुलाई स्थानीय जनप्रतिनिधिको रोहबरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖