आज बिहान ३ः५५ बजे काठमाडौँबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटनामा परेको छ ।
दुर्घटनामा २९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीले दिनुभएको छ ।
उहाँका अनुसार लु.प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकामध्ये तीन जनको अवस्था गम्भीर रहेको छ ।
