• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

पूर्व कृषिमन्त्रीलाई ५ अर्ब ७ करोड रुपैयाँभन्दा बढी घुस लिएको आरोपमा मृत्युदण्डको सजाय


  • धनकुटा खबर
  • .

चीनका पूर्व कृषिमन्त्री ताङ रेनजियानलाई ५ अर्ब ७ करोड रुपैयाँभन्दा बढी घुस लिएको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ।

अदालतले उनलाई दुई वर्षको स्थगनसहित मृत्युदण्ड, सम्पूर्ण सम्पत्ति जफत र राजनीतिक अधिकारबाट वञ्चित गर्ने निर्णय गरेको हो।

ताङले सन् २००७ देखि २०२४ सम्म विभिन्न पदमा रहँदा घुस संकलन गरेका थिए।

उनी राष्ट्रपति सी जिनपिङको कडा भ्रष्टाचारविरोधी अभियानमा पर्दा मृत्युदण्डको सजाय पाउने ठूला नेतामध्ये एक बनेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖