• Monday 5th of October 2026

दाजुबहिनी भएको जवाफ दिन एलिना-प्रतापले अमेरिकाबाटै ल्याउँदैछन् तिहार गीत


  • धनकुटा खबर
  • .

काठमाडौं । अहिले गायिका एलिना चौहान र गायक प्रताप दास अमेरिकाको सांगीतिक टूरमा छन् । यसबीच, उनीहरूले सामाजिक सञ्जालमा नाचगानका भिडियो र फोटो हालिरहेका छन् ।

यस्तोमा, एलिना र प्रतापलाई कतिपय सामाजिक सञ्जालका प्रयोगकर्ताले ‘सुन्दर जोडी’ भन्दै प्रशंसा गरिरहेका छन् । कतिपयले चाँडै विवाह गर्नुपर्‍यो भन्दै कमेन्ट लेखिरहेको देखिएको छ ।

एलिना र प्रताप दुवैले आफूबारे आएका कमेन्टमा टिप्पणी गर्दैै आफूहरू दाजुबहिनी भएको बताउँदै आएका छन् । केही दिनअघि त दुवैले ‘तिहारको भाइटीकाको शुभमूहुर्त उल्लेख गर्दै आलोचकलाई जवाफ दिए ।

इतिमात्र होइन, आलोचकलाई जवाफ दिन उनीहरूले तिहार गीत पनि ल्याउँदैछन् । उक्त गीतको संक्षिप्त क्लिप सार्वजनिक गर्दै उनीहरूले तिहार गीत बुधबार आउने बताएका छन् ।

गीतको भिडियोमा यी दुईलाई भाइटीका लगाएको देख्न सकिन्छ । उनीहरूले गीतमार्फत आलोचकलाई जवाफ दिन खोजेको देखिन्छ । उनीहरूले आफूहरू दाजुबहिनी भएको प्रमाणित गर्न यो गीत सार्वजनिक गर्न लागेको जस्तो देखिन्छ ।

यो गीतको क्लिप भाइरल भैरहेको देखिन्छ ।

यसबीच, मंगलबार एलिनाको नयाँ स्टाटस आएको छ- गलत नबुझ्ने, गलत नलेख्ने र एउटी नारीलाई खुसी भएको हेर्न सक्ने समाज हामीले कहिले बनाउने ?

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖