• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

नेपाली विद्यार्थी विपिन जोशीको शव फरेन्सिक परीक्षणका लागि इजरायलको तेल अविभ पुराइयो


  • धनकुटा खबर
  • .

हमासको कब्जाबाट फिर्ता गरिएको नेपाली विद्यार्थी विपिन जोशीको शव फरेन्सिक परीक्षणका लागि इजरायलको तेल अविभस्थित अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा पुर्‍याइएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार सोमबार हमासले फिर्ता गरेका चार शवमध्ये विपिनको शव पनि समावेश रहेको छ। उनीसँगै गाइ इलौज, यासी सारबी र डानिल पिरेजका शव पनि इजरायललाई हस्तान्तरण गरिएको हो।

सन् २०२३ अक्टोबर ७ मा इजरायलको दक्षिण क्षेत्र किबुज एलुमिममा हमासको आक्रमणपछि २३ वर्षीय विपिन जोशी बेपत्ता भएका थिए। कृषि अध्ययनका लागि नेपालबाट इजरायल पुगेका विपिन दुई वर्षअघि आक्रमणको समयमा साथीहरूलाई जोगाउने प्रयासमा परेका थिए।

विपिनको मृत्यु पुष्टि गर्दै इजरायलका लागि पूर्वराजदूत हनान गोदरले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “विपिन अब हामीमाझ रहनुभएन, दुई वर्षको आशा आज समाप्त भयो।”

इजरायली अधिकारीहरूले शवको विस्तृत फरेन्सिक परीक्षणपछि औपचारिक पहिचान र अन्तिम संस्कार प्रक्रिया अघि बढाउने तयारी गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖