• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

१२ जना सवार विमान दुर्घटना


  • धनकुटा खबर
  • .

नैरोबी । केन्याको तटीय क्षेत्र क्वाले काउन्टीमा मंगलबार बिहान एउटा सानो विमान दुर्घटनाग्रस्त भएको छ ।

विमान त्यहाँको चर्चित पर्यटकीय गन्तव्य मासाई मारा राष्ट्रिय आरक्षतर्फ जाँदै थियो । विमानमा बाह्र जना सवार थिए । दुर्घटनामा कोही पनि बाँच्ने सम्भावना नभएको अधिकारीहरूले बताएका छन् ।

दुर्घटना क्वालेको पहाडी क्षेत्रको डायनी एयरस्ट्रिपबाट लगभग ४० किलोमिटर टाढा भएको बताइएको छ । क्वाले काउन्टीका कमिश्नर स्टीफन ओरिन्डेका अनुसार दुर्घटनास्थलमा उद्धार कार्य भइरहेको छ ।

दुर्घटनाको कारणमाथि अनुसन्धान भइरहेको बताइएको छ । फुटेजमा विमान आगोमा ह्र्वाहर्वाती जलिरहेको देखिएको भन्दै केन्यन्सडटकोडटकेले समाचार छापेको छ । विमानका भग्नावशेष दूघर्टनास्थल आसपास छरपष्ट देखिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖