• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

६.३ म्याग्निट्युडको शक्तिशाली भूकम्प


  • धनकुटा खबर
  • .

काठमाडौँ । उत्तरी अफगानिस्तानको हिन्दकुश क्षेत्रमा ६.३ म्याग्निट्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजिएस) का अनुसार मजार-ए-शरीफ नजिकको खोल्म क्षेत्रमा नेपाली समय अनुसार सोमबार बिहान भूकम्प गएको हो।

भूकम्पको गहिराइ करिब २८ किलोमिटर मापन गरिएको छ। राजधानी काबुलसहित आसपासका क्षेत्रहरूमा पनि यसको धक्का महसुस गरिएको बताइएको छ।

अहिलेसम्म कुनै जनधनको क्षतिबारे आधिकारिक विवरण प्राप्त भएको छैन। स्थानीय प्रशासनले आपत्कालीन सम्पर्क नम्बर सार्वजनिक गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

गत दुई महिनाअघि पूर्वी अफगानिस्तानमा आएको ६ म्याग्निट्युडको भूकम्पमा दुई हजारभन्दा बढी मानिसको ज्यान गएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖