पत्रकार भेजराज थापाको पहल र सक्रियतामा जास्मिनलाई बोन म्यारो ट्रान्सप्लान्ट गरिन सुरु गरिएको छ ।
वर्तमान अवस्थाबारे पत्रकार थापा लेख्छन् –
आज छोरी जास्मिनलाई बोन म्यारो ट्रान्सप्लान्ट युनिट BMTU) मा भर्ना गरिएको छ। मनमा धेरै डर छ, तर सँगै आशा पनि उत्तिकै छ। डाक्टरहरूले ८०% चान्स देखाएका छन्।
कोही नहुनेका लागि भगवान हुन्छ भन्छन्। आज छोरी जास्मिनका लागि भगवानको रूपमा उभिने तपाई लाखौँ लाख दर्शकहरूलाई हृदय देखि धन्यवाद छ। जास्मिनको उपचार डाक्टर गौरी कपुरको अन्डरमा भईरहेकोछ। दिनहुँ नेपालीहरू अस्पतालमा भेट्न आउने गरेको देखेपछि डाक्टर गौरी कपुरले जास्मिनको बारे मलाई सोध्नु भयो र मैले उहाँलाई जास्मिनको बारेमा सबै कुरा भनिदिए ।
मेरो बारेमा जान्न उहाँले फेसबुक र युट्युबमा हेर्नुभयो सायद मेरो काम बारे केहि थाहा भएर होला उहाँ निशब्द हुनुभयो, र केहि बेर म तिर हेर्दै मेरो प्रशंशा गर्न थाल्नुभयो। त्यसबखत म लजाउदै मख्ख परे। मेरो मुखबाट धन्यवाद बाहेक केहि शब्द निस्किएन।
डाक्टरले तत्कार BMTU मा एड्मिसन गरिदिनुभयो। एड्मिसन गर्न अप्ठारो नहोस् भनेरहोला सम्पुर्ण help पनि गरिदिनु भयो। र यसरी आजदेखि छोरी जास्मिनको बोन म्यारो ट्रान्सप्लान्ट युनिटमा उपचार सुरू भएकोछ। BMTU निक्कैनै संबेदनसिल ठाउँ रहेछ जहाँ बिरामीसँग एक जनालाई मात्र राखिन्छ, बोनम्यारो दिने आमा भएको कारण, जास्मिनको साथमा उनकीमा आमा उषालाई राखिएकोछ। हामी भने बाहिरबाट आबस्यक सम्पुर्ण सहयोगका लागि तयारी अबस्थामा छौँ।
मैले सकेको गरे, दर्शकहरूले पनि गर्नसक्ने गर्नुभएकोछ। अब डाक्टर र भगवानको साथ चाहिएकोछ।
छोरी जास्मिनलाई स्वस्थ्यलाभको धेरै धेरै शुभकामना।
