एयर इन्डियाको विमान दु’र्घट’नामा २४१ जनाको मृ’त्यु हुँदा भाग्यले बाँचेका एकमात्र जीवित यात्री विश्वासकुमार रमेश भन्छन्, “म एक्लै बाँचे। मलाई अहिलेसम्म विश्वास लागिरहेको छैन।
यो कुनै चमत्कारभन्दा कम होइन। म एक्लै भएँ। कोठामा चुपचाप बस्छु। पत्नी र छोरासँग पनि कुरा गर्दिनँ। मलाई एक्लै बस्न मन लाग्छ। यो दुर्घटनापछि शारीरिक र मानसिक रूपमा जीवन धेरै कठिन भएको छ। मेरो परिवार पनि मानसिक रूपमा धेरै चिन्तित छ।
मेरी आमा पछिल्लो चार महिनादेखि प्रत्येक दिन ढोका बाहिर बस्नुहुन्छ। कसैसँग कुरा गर्नुहुन्न। रातभरि सोच्छु, दिमागमा धेरै बोझ छ। मेरो खुट्टा, काँध, घुँडा र पिठ्युँ दुखिरहन्छ। दुर्घटनापछि मैले केही काम गर्न सकेको छैन। न गाडी चलाउन सक्छु, न राम्ररी हिँड्न सक्छु। बिस्तारै हिँड्छु।
पत्नीले मलाई सहारा दिन्छिन्।”
