• Friday 9th of October 2026

कक्षा समयमा विद्यार्थीलाई मा`लिस गराउँदै गरेको घि`नलाग्दो हर्कत भाइरल, शिक्षिकाको जागिर चैट


  • धनकुटा खबर
  • .

काठमाडौं — भारतको आन्ध्र प्रदेश राज्यको श्रीकाकुलम जिल्लास्थित एक महिला शिक्षिकालाई कक्षाको समयमा विद्यार्थीबाट खुट्टा मसाज गराएको भिडियो भाइरल भएपछि निलम्बन गरिएको छ।

भिडियोमा उक्त शिक्षिका कुर्सीमा बसेर मोबाइलमा कुरा गर्दै गर्दा दुई छात्राले विद्यालयको पोसाकमै उनको खुट्टा मसाज गरिरहेको देखिन्छ।

घटना बन्डापल्ली ट्राइबल गर्ल्स आश्रम स्कुलमा भएको बताइन्छ। विद्यालय समयमै यस्तो घटना भएको पुष्टि भएपछि सम्बन्धित निकायहरूले यसलाई गम्भीर रूपमा लिएका छन्। अधिकारीहरूका अनुसार यो घटना शिक्षण पेशाप्रतिको लापरबाही मात्र नभई विद्यार्थीहरूको मर्यादामाथि आघात पनि हो।

एकीकृत जनजाति विकास एजेन्सी सीथाम्पेटाका परियोजना अधिकृत पवार स्वप्निल जगन्नाथका अनुसार सम्बन्धित शिक्षिकालाई कारण बताउ नोटिस दिइसकिएको छ र घटनाबारे आधिकारिक छानबिन प्रक्रिया सुरु गरिएको छ।

अधिकारीहरूले भनेका छन्, “भिडियोले न केवल शिक्षण दायित्वमा लापरबाही देखाएको छ, तर उनको मातहतमा रहेका नाबालिग जनजाति छात्राहरूको शोषणसमेत भएको स्पष्ट संकेत गरेको छ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖