काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल मात्र २ रन बनाएर पवेलियन फर्किएका छन् ।
दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालका कप्तान रोहित २१ औँ ओभरको अन्तिम बलमा क्याच आउट भए । उनले २ रन मात्र जोडेका थिए । यूएईका ध्रुव प्रसादले उनलाई आउट गराए ।
यस विकेटसँगै नेपालले २१ ओभरको समाप्तिमा तीन विकेट गुमाएर ८७ रन बनाएको छ ।
