• Monday 5th of October 2026

निर्देशक तथा अभिनेता निश्चल बस्नेतलाई मातृ शोक


  • धनकुटा खबर
  • .

काठमाडौँ । चलचित्र निर्देशक तथा अभिनेता निश्चल बस्नेतलाई मातृ शोक परेको छ ।

उनकी आमा अमृता बस्नेतको बुधबार ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

७१ वर्षीया उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिइन् । उनको नियमित रूपमा डायलासिस हुँदै आएको थियो ।

पशुपति आर्यघाटमा आजै उनको अन्त्येष्टि गरिने निर्माता सङ्घका अध्यक्ष नवल खड्काले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖