• Monday 5th of October 2026

एसीसी यू-१९ प्रिमियर कपमा नेपाल उपविजेता


  • धनकुटा खबर
  • .

काठमाडौं । यूएईमा भएको एसीसी यू-१९ प्रिमियर कपमा नेपाल उपविजेता बनेको छ । सोमबार भएको फाइनलमा यूएईसँग २७ रनले पराजित भएपछि नेपाल उपविजेतामा सीमित भएको हो ।

यूएईले दिएको १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३.२ ओभरमा १२० रनमा अलआउट भएको हो । नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४ रन बनाए । आशिष लुहार र रोशन विश्वकर्माले समान २५ रन बनाए ।

यूएईका गुग शर्मा र लि असगरले ३-३ विकेट लिए । उदिश सूरी र नूरउल्लाह अयोबीले २-२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएई ४५.५ ओभरमा १४७ रनमा अलआउट भएको थियो । नेपालका दयानन्द मन्डलले शानदार बलिङ गर्दै सुरुवाती ४ विकेट लिएपि यूएई २०-४ को अवस्थामा पुगेको थियो । यूएईका लागि अहमद खुदाददले ७१ रन बनाएर इनिङ उकासे ।

नेपालका लागि दयानन्द मन्डलले ६.५ ओभरमा १७ रन दिएर ६ विकेट लिए । अपरजित पौडेलले २ विकेट लिए । नितेश पटेल र अशोक धामीले १-१ विकेट लिए ।

नेपालले समूह चरणमा साउदी अरेबिया र हङकङलाई हराएको थियो भने सेमिफाइनलमा मलेसियालाई पराजित गरेको थियो ।

फाइनल नजिते पनि नेपाल एसीसी यू-१९ एसिया कपमा भने छनोट भइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖